कांग्रेसले ७७ जिल्लामै मेलमिलाप दिवस मनाउने «

कांग्रेसले ७७ जिल्लामै मेलमिलाप दिवस मनाउने

प्रत्येक जिल्लामा तोकियो केन्द्रीय प्रतिनिधि

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सबै जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउन लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनले जारी गरेको विज्ञप्तिमा कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा विविध कार्यक्रमका साथ संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाद्वारा पुस १६ गते देशैभर कार्यक्रम गर्ने घोषणासमेत भएको र सोही अनुसार कार्यक्रम गर्न लागिएको उल्लेख छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला र उनीसँगै गणेशमान सिंह तथा अन्य शीर्ष नेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी २०३३ पुस १६ गते नेपाल फर्किएका थिए ।
यसरी नेताहरु स्वेदश फिर्ता भएको दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यस वर्षको मेलमिलाप दिवसका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ । सभापति शेरबहादुर देउवा काठमाडौंमा खटिएका छन् भने कार्यक्रम संयोजनको जिम्मा ध्यानगोविन्द रञ्जितलाई दिइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल गोरखा, उपसभापति विमलेन्द्र निधि सिरहा, नेता प्रकाशमान सिंह पर्सा, महामन्त्री पूर्णबहादुर खड्का कास्की, सहमहामन्त्री डा. प्रकाशशरण महत मोरङ र डा.रामशरण महत धादिङमा प्रतिनिधि तोकिएका छन् ।

को कहाँ ? 
ताप्लेजुङ– सुजाता परियार
पाँचथर– डा. डिला संग्रौला
इलाम– महेन्द्र यादव
झापा– कृष्णप्रसाद सिटौला
संखुवासभा– मानबहादुर विश्वकर्मा
तेह्रथुम– भीष्मराज आङ्दम्वे
भोजपुर– अमृत अर्याल
धनकुटा– सरिता प्रसाई
मोरङ– डा. प्रकाशशरण महत
सुनसरी– महेश आचार्य
सोलुखुम्बु– कल्याणकुमार गुरुङ
खोटाङ– केशवकुमार बुढाथोकी
ओखलढुंगा– बलबहादुर के.सी.
उदयपुर– आनन्दप्रसाद ढुंगाना
सप्तरी– डा. मिनेन्द्र रिजाल
सिरहा– विमलेन्द्र निधि
दोलखा– किशोरसिंह राठौर
रामेछाप– किरण यादव
सिन्धुली– पुष्पा भुसाल
धनुषा– धनराज गुरुङ
महोत्तरी– सीतादेवी यादव
सर्लाही– डा. शेखर कोइराला
रसुवा– शिवप्रसाद हुमागार्इं
धादिङ– डा. रामशरण महत
नुवाकोट– रमेश रिजाल
काठमाडौं– शेरबहादुर देउवा
भक्तपुर– ईश्वरी न्यौपाने
ललितपुर– उमाकान्त चौधरी
काभ्रे– अर्जुननरसिंह केसी
सिन्धुपाल्चोक– अम्बिका बस्नेत
मकवानपुर– गुरूराज घिमिरे
रौतहट– फर्मूल्लाह मंसुर
बारा– महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा– प्रकाशमान सिंह
चितवन– ज्ञानेन्द्रबहादुर कार्की
गोरखा– रामचन्द्र पौडेल
मनाङ– सिता गुरुङ
लमजुङ– शंकर भण्डारी
कास्की– पूर्णबहादुर खड्का
तनहुँ– कमला पन्त
गुल्मी– रामकृष्ण यादव
पाल्पा– डा. नारायण खड्का
अर्घाखाँची– देवेन्द्रराज कँडेल
नवलपुर– सुरेन्द्रराज पाण्डे
नवलपरासी– दिलबहादुर घर्ती
रुपन्देही गोपालमान श्रेष्ठ
कपिलवस्तु– बालकृष्ण खाँण
मुस्ताङ– चित्रलेखा यादव
म्याग्दी– जीवन परियार
बाग्लुङ– हरिप्रसाद नेपाल
पर्वत– दिपक गिरी
रूकुम (पूर्व)– बालकृष्ण पाण्डे
रूकुम (पश्चिम)– शिला शर्मा खड्का
रोल्पा– बीरबहादुर बलायर
प्यूठान– रत्न शेरचन
सल्यान– पार्वता डीसी चौधरी
दाङ– मोहनबहादुर बस्नेत
डोल्पा– जीवनबहादुर शाही
मुगु– हसन अन्सारी
जुम्ला गगनकुमार थापा
कालिकोट– लक्ष्मी परियार
हुम्ला– बहादुर सिंह (लामा) तामाङ
जाजरकोट– प्रदीप पौडेल
दैलेख– गोविन्द भट्टराई
सुर्खेत– श्यामकुमार घिमिरे
बाँके– मीन विश्वकर्मा
बर्दिया– डा. चन्द्र भण्डारी
बाजुरा– दिलेन्द्रप्रसाद बडू
अछाम– हृदयराम थानी
बझाङ– आनन्द (गोरख) विष्ट
डोटी– नविन्द्रराज जोशी
कैलाली– रमेश लेखक
दार्चुला– बद्रीप्रसाद पाण्डे
बैतडी– अतहर कमाल मुसलमान
डडेल्धुरा– एनपी साउँद
कञ्चनपुर– अजयकुमार चौरसिया


 

 

प्रतिक्रिया दिनुहोस्