६० करोडको आईपीओ निष्काशन गर्न आइएमई लाइफ इन्स्योरेन्सको ट्रिपल बी रेटिङ «

६० करोडको आईपीओ निष्काशन गर्न आइएमई लाइफ इन्स्योरेन्सको ट्रिपल बी रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।


कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् ।


कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेवसाइट र मोबाइल एपमा राखिएको च्याटबटमार्फत बिमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्षअगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ ।


हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक सेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक सेयर निष्काशन पछि संस्थापक सेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्