नेपाल ग्रामीण विकास बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न «

नेपाल ग्रामीण विकास बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपाल ग्रामीण विकास बैंक लि.को तेस्रो वार्षिक साधारण सभा शुक्रवार रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३-०७४ को लेखा परिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ । साथै, सभाले संस्थाको नाम परिवर्तन लगायत प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा, उपदफा संशोेधनको विषेश प्रस्ताव समेत पारित गरेको छ । बैंकको वित्तीय विवरण अनुसार आ.व. २०७३-०७४ मा बैंकले २२ करोड २४ लाख ९७ हजार सञ्चालन मुनाफा (कर तथा वोनस अघिको) गर्न सफल भएको छ । यस राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ । बैंकको चुक्ता पुजी हाल ६५ करोड ५० लाख रहेको छ । यस बैंकले चालु आर्थिक वर्ष २०७४-०७५ को असोज मसान्तसम्ममा ५७ जिल्लाका ३५६ स्थानिय निकायहरूमा १ सय ९४ वटा कार्यालयहरु स्थापना गरी २ लाख ११ हजार ४ सय ९१ ग्राहक सदस्य र १ लाख ३५ हजार ४ सय ५२ ऋणी सदस्यहरुलाई विभिन्न प्रकारका लघुकर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न मद्दत गरिरहेको छ । २०७४ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको बाकी कर्जा रु. ७ अर्ब ७२ करोड २९ लाख ६९ हजार र बचत परिचालन रु. २ अर्ब २५ करोड ५८ लाख ३७ हजार रहेकोमा चालु आ.व.को २०७४ असोज मसान्त सम्ममा बैंकको कुल लगानीमा रहेको बाकी कर्जा ८ अर्व ४ करोड २० लाख ३७ हजार र वचत रकम रु. २ अर्व ३६ करोड ४८ लाख ५४ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्