सुबिसु र नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क अत्याधुनिकरण

सुबिसु नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिङ्गल अपटिकल फाइबर विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्दै उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने जनाइएको छ ।
सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबिपिएस् क्षमताको सिङ्गल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्यान्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने जनाइएको छ ।
४०० जीबिपिएस सिङ्गल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्ग फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ दैशभर जडान गरिएको कम्पनीले जनाएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको दाबी गरिएको छ ।