Logo

एडिएद्वारा डाटा ड्रिभन मार्केटिङ सेवा प्रदान गर्न आउटरिचसँग सहकार्य

एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्रान्डहरु लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवर्द्धन अभ्यासको थालनी गर्ने भएको छ ।


दक्षिण र दक्षिण पूर्वी एसियामा पहिलेदेखि नै प्रभावकारी रुपमा सञ्चालित एडिए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो, जसले विभिन्न प्रकारका ब्रान्डहरुका लागि वृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्छ । एडिएले आफ्नो डाटा (ड्रिभन एप्रोच)को साथ ३७५ मिलियन ग्राहकहरुलाई उनीहरुको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको जनाइएको छ ।


आउटरिच नेपाल नेपालमा सर्वाधिक पुरस्कृत विज्ञापन एजेन्सी हो । यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्रान्डहरुका लागि सिर्जनात्मक विज्ञापन अभियानहरुमा काम गर्दै आएको छ । यो साझेदारीले आउटरिचले बिजनेस इन्साइट, डाटा इन्रिचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरुको मानसिकता बुझ्न र डिजाइन डाटा तय गर्न मद्दत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्