ट्रम्पको व्यापार नीतिको मारमा २०१९ मा एसियाली अर्थतन्त्र «

ट्रम्पको व्यापार नीतिको मारमा २०१९ मा एसियाली अर्थतन्त्र

जापानले अमेरिकातर्फ अटोको निर्यात आधाले घटायो भने जापानको जीडीपीमा अर्को ०.५ प्रतिशतको संकुचन आउने देखिन्छ । अमेरिका–चीन व्यापारयुद्धको क्षतिका साथ यो अवस्थाले जापानको अर्थतन्त्र संकुचनमा धकेल्न पर्याप्त हुने देखिन्छ ।

एसियाली अर्थतन्त्र २०१९ मा २०१८ को दाँजोमा मन्द दरमा वृद्धि हुने देखिएको छ । धेरैजसो अर्थतन्त्र ओभरहिटिङ हुने अवस्थामा छैनन् । आर्थिक वृद्धिलाई सहयोग गर्नका लागि ब्याजदर न्यून हुने देखिएको छ ।
यो नै मेरो प्रमुख परिवृत्त हो । तर, अमेरिकाको ‘अमेरिका फस्ट’ संरक्षणवादको नीतिको ओझेल ठूलो हुने देखिन्छ । व्यापार तनावको अर्थ एसियाका दुई ठूला अर्थतन्त्र चीन र जापानका साथसाथै अन्यले पनि तीव्र ओरालो लाग्ने जोखिमको अवस्था सहन गर्नुपर्ने देखिन्छ ।
डिसेम्बरमा ब्युनर्स आयर्समा भएको अमेरिका–चीनबीचको शिखर सम्मेलनले व्यापारमा अस्थायी युद्धविरामको द्विपक्षीय सम्झौता गरेको छ । ९० दिने यो युद्धविरामका बाबजुद यसले छलफलमा बढी प्रगति गर्ला जस्तो देखिन्न । अमेरिकाले चीनबाट आयात हुने २ सय अर्ब डलरको सामग्रीमा भन्सारलाई १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने देखिएको छ र ५ सय अर्ब डलरका चिनिया“ सामग्रीमा भन्सार विस्तार गर्ने देखिएको छ । यसले अमेरिकाले चीनबाट आयात गर्ने सबै सामग्रीलाई समेट्ने देखिएको छ ।
आर्थिक विकास र सहयोगका लागि संगठन (ओपेक) को अनुमान अनुसार यो अवस्थाले चीनको कुल गार्हस्थ्य उत्पादनमा २०१९ मा झन्डै १.४ प्रतिशतको गिरावट ल्याउने छ । यसमा अनिश्चित परिदृश्यका कारण सिर्जना भएको चिन्ताले पुँजीगत खर्च कम हुने लगायतका प्रभावहरू पनि समावेश हुन सक्छन् ।
भन्सारले आयात खर्च बढाएसँग अमेरिकी उपभोक्ता मूल्यमा पनि अतिरिक्त ०.९ प्रतिशतको वृद्धि हुने देखिन्छ । यसले फेडलाई प्रमुख नीति दरमा ०.५ प्रतिशतको वृद्धि गराउने प्रेरित गर्ने सम्भावन देखिएको छ । यसले अमेरिकी डलरको मूल्यलाई पनि २ प्रतिशतले वृद्धि गराउनेछ ।
यसले चीन र एसियाका अन्य उदीयमान अर्थतन्त्रमा उच्च मूल्य बनाउन सक्छ । यसमा विपरीत अवस्थाको मुद्रास्फीतिको असर पनि रहन सक्छ । पोर्टफोलियो लगानी कोष अमेरिकातर्फ जान सक्छ । यसले उदीयमान अर्थतन्त्रका वित्तीय बजारमा अस्थायित्वको अवस्था सिर्जना गर्न सक्छ ।
योभन्दा पनि अमेरिका–चीन व्यापारयुद्ध चिनियाँ अर्थतन्त्र ओरालो लाग्ने कारण बन्न सक्छ । गैरबैंकिङ वित्तका दुई स्वरूप स्थानीय सरकारको वित्तीय वाहक (एलजीएफभी) र सम्पत्ति व्यवस्थापन उत्पादन चीनको वित्तीय जोखिमको प्रमुख बन्न सक्छन् ।
एलजीएफभी कोषको ठूलो अंश सम्पत्ति व्यवस्थापन उत्पादनबाट आएको छ र डब्लूएमपी भनेको बैंक र अन्यले व्यक्तिलाई बिक्री गरेको एक प्रकारको लगानी हो ।
यो बैंकको ग्यारेन्टीको माध्यमबाट आएको हो । यो व्यक्तिहरूको लगानीपछाडि रहेको छ र यो जोखिमको रूपमा देखिएको छ । बैंकहरूले पनि डब्लूएमपीमा भारी मात्रामा लगानी गरेका छन् ।
यदि अर्थतन्त्र नराम्ररी बिग्रिएमा तथा सम्पत्ति बजार पनि खराब अवस्थामा पुगेमा एलजीएफभी ऋणपत्र पन त्रुटिपूर्ण अवस्थामा जान सक्छ । यसले डब्लूएमपीको मूल्यलाई घटाउन सक्छ र व्यक्तिगत लगानीकर्तालाई असर पार्न सक्छ ।
बैंकहरू पनि उनीहरूको प्रत्यक्ष र अप्रत्यक्ष एक्सपोजरबाट प्रभावित हुन सक्छन् । यसले बैंक असफल हुने जोखिम बढ्न सक्छ । यो भन्दा पनि यदि बैंकहरूले यी खालका जोखिमहरूलाई ऋणमा कम गरेर नियन्त्रण गर्ने प्रयास गरे भने समग्र अर्थतन्त्रमा असर पर्न सक्छ । यसले सम्भवतः थप वित्तीय बजारलाई अस्थिर पार्न सक्छ ।
यदि यी सबै अवस्थाको सिर्जना भएमा द्विपक्षीय व्यापारयुद्धको असर चिनियाँ अर्थतन्त्रमा देखा पर्न सक्छ । व्यापारयुद्ध सहमतिमा पुगेको आशावादी अवस्थामा भने २०१९ मा चिनियाँ अर्थतन्त्र ६.४ प्रतिशतले वृद्धि हुन सक्छ । यदि व्यापारयुद्धले वृद्धिलाई १.४ प्रतिशत अंकले गिरावट ल्याएमा चिनियाँ अर्थतन्त्र ५ प्रतिशतले वृद्धि हुन सक्ने आकलन ओईसीडीको छ । तर, यदि व्यापक रूपमा आन्तरिक अर्थतन्त्र धराशायी भयो भने चिनियाँ वृद्धि ४.५ प्रतिशतमा झर्न सक्छ ।
यसैबीच जापान पनि अमेरिका–चीन व्यापारयुद्धको असरबाट मुक्त हुन सक्दैन । विस्तार भएको द्वन्द्वका कारण विश्व व्यापार मूल्यका आधारमा २ प्रतिशतले खुम्चन सक्ने अनुमान ओईसीडीको छ ।
यो परिवृत्तमा जापानी जीडीपी पनि ०.६ प्रतिशतले घट्न सक्ने अनुमान मेरो छ । बैंक अफ जापानले गरेको अनुमानका आधारमा यसको जापानमा असर प¥यो भने जापानी अर्थतन्त्रको सम्भावित वृद्धि ०.८ प्रतिशत हुन सक्छ र यो शून्यको नजिक ल्याउनका लागि पर्याप्त हुनेछ । तर, अमेरिका–जापानबीचको विवाद मिलान गर्न सकिएन भने अवस्था झनै खराब हुनेछ र जापान संकुचनको अवस्थामा जान सक्नेछ ।
वर्ष २०१९ को सुरुमा जापान–अमेरिका व्यापार वार्ताको सुरुवात हुनेछ र जापान प्रतिरक्षात्मक अवस्थामा हुनेछ । अमेरिकासँगको व्यापारमा जापान ७६.६ प्रतिशतको बचतमा रहँदै आएको छ । यो अटो र अटो पार्ट्सका कारण भएको हो । त्यसैले ट्रम्प प्रशासनले अटोमा जोड दिने सम्भावना बढी छ । यसले अमेरिकी कृषि उत्पादन र बिफको भन्सार कटौतीको मागको सम्भावना बढाउने देखिन्छ । यी क्षेत्रहरू टोकियोका लागि राजनीतिक रूपमा संवेदनशील भएसँगै जापानले अटोको विषयमा छुट दिनुको सट्टा अमेरिकातर्फको अटो निर्यात घटाउँदै लाने देखिन्छ ।
जापानले अमेरिकातर्फ अटोको निर्यात आधाले घटायो भने जापानको जीडीपीमा अर्को ०.५ प्रतिशतको संकुचन आउने देखिन्छ । अमेरिका–चीन व्यापारयुद्धको क्षतिका साथ यो अवस्थाले जापानको अर्थतन्त्र संकुचनमा धकेल्न पर्याप्त हुने देखिन्छ ।
(ताकाहिडे कियुची नोमुरा रिसर्च इन्स्टिच्युटका कार्यकारी अर्थशास्त्री हुन् । उनी योभन्दा पहिले बैंक अफ जापानको पोलिसी सञ्चालक सदस्य पनि थिए ।)

प्रतिक्रिया दिनुहोस्