स्टाण्डर्ड चार्टर्ड बैंकको एपीआई सार्वजनिक «

स्टाण्डर्ड चार्टर्ड बैंकको एपीआई सार्वजनिक

स्टाण्डर्ड चार्टर्ड बैंकले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सार्वजनिक गरेको छ । डिजिटल पहलको एक हिस्साको रूपमा रहेको बैंकले जनाएको छ ।
यसले वित्तीय सेवाहरूको वितरणलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।
बैंक आफ्ना ग्राहकसँग देशको पहिलो एपीआई बैंकिङको साथ आएको जनाइएको छ । एपीआई कनेक्टिविटीले बैंकको ग्राहकलाई डेटा आदान प्रदान गर्न र उनीहरूको इको–सिस्टम सुरक्षित र वास्तविक–समयमा एकीकृत गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्