अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गर्भनर «

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्चः गर्भनर


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महत्वपूर्ण रहेको बताएका छन् ।


नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले संसारभरी नै अर्थतन्त्रमा योगदानका लागि एमएसएमईज र एसएमइजको भूमिका ९९ प्रतिशत रहेको बताए ।


उनले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको बताए । “चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं” उनले भने, “त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ ।”


उनले सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको बताए ।
गत वर्ष मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाएकाले राष्ट्र बैंकले महत्वपूर्ण उपलब्धि मानेको उनले बताए । उनले पुर्नकर्जा सबै वाणिज्य बैंकहरुले दिने पनि बताए ।


धेरैभन्दा धेरै क्रृणीको, व्यवसायीको आत्मबल कसरी बढाउन सकिन्छ भन्ने नै राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उनले बीचबीचमा आएका उतारचढावको कारणले आफै एउटा स्टेजमा पुगसकेको व्यवसायबाट फेरि भासिन पुग्ने, हराउनुपर्ने स्थिति नआओस् भन्ने चाहना रहेको बताए । केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर केही बैंकका शाखाहरुले साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्