राप्ती ग्यासलाई नेपाल गुणस्तर चिह्न प्रदान «

राप्ती ग्यासलाई नेपाल गुणस्तर चिह्न प्रदान

दाङ-दाङमा स्थापना भएको राप्ती ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको छ । दाङको लमही नगरपालिका–८ सतबरीयामा पाँच वर्षअघि स्थापना भएको उद्योगले गएको मंसिर १० गते गुणस्तर चिह्न प्राप्त गरेको हो । पश्चिम नेपालमा गुणस्तर चिह्न पाउने पहिलो उद्योग भएको दाबी राप्ती ग्यास उद्योगमा प्रबन्ध निर्देशक खडगबहादुर बुढाथोकीले गरे । उनले बुटवल पश्चिममा गुणस्तर चिह्न प्राप्त गर्ने राप्ती ग्यास पहिलो भएको समेत बताए ।
पाँच वर्षअघि स्थापना गरी पश्चिम नेपाललाई सेवा क्षेत्र गराएको ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ, बुढाथोकीले भने, ‘यो पाउनुका पछाडि सबैको सहयोग र साथ हो ।’ नेपाल नाप तौल तथा गुणस्तर विभागले मंसिर १० गते नेपाल गुणस्तर चिह्न सहितको प्रमाणपत्र उद्योग लाई दिएको उनले बताए । मासिक ८ हजार ग्यास सिलिन्डर उत्पादन गरेर आरम्भ भएको उद्योगले अहिले उद्योगबाट ३५ हजार ग्यास सिलिन्डिर प्रतिमहिना उत्पादन गरिरहेको उद्योगका प्रबन्ध निर्देशक बुढाथोकीले जानकारी दिए । उनले अन्य उद्योगभन्दा गुणस्तर, मापदण्ड अनुसारको हुँदा ५ वर्षमा एनएस चिह्न प्राप्त गरेको भन्दै यसलाई स्थायित्व दिन लागि रहने बताए । २० औं वर्ष सञ्चालन भएका उद्योगले गुणस्तर चिह्न पाउन नसकेको भन्दै राज्यको नीतिमा रहँदा राप्ती ग्यासले पाँचै वर्षमा प्राप्त गरेको बताए ।
दाङमा ६१ प्रतिशत बजार राप्ती ग्यासले ओगटेको बुढाथोकीको दाबी छ ।“हामीले हाम्रो उत्पादन बाट ६१ प्रतिशत बजार ओगटन सफल भएका छौं”, उनले भने । आउँदो वर्षसम्म ८० प्रतिशतको पु¥याउने लक्ष्य राखेको बताए । बुढाथोकीले उद्योगको क्षेत्र अहिले दाङ, सल्यान, रुकुम, रोल्पा, प्युठान, कपिलबस्तु, अर्घाखाँची, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत दैलेख, कालिकोट र जुम्ला रहेको बताए । १ सय २२ डिलर बाट बिक्री वितरण भइरहेको भन्दै सुरक्षा र गुणस्तरमा उद्योग नचुक्ने बताए ।
उद्योगका अध्यक्ष ओमभक्त बुढाथोकीले उद्योगबाट भएको मुनाफाको केही प्रतिशत सामाजिक क्षेत्रमा लगाइने बताए । “उद्योगको उत्पादनमा रहेको गुणस्तर र सुरक्षालाई ध्यानमा राखेर हामी अघि बढेका छौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्