काठमाडौं विश्वविद्यालयमा आठौं आइटी मिट «

काठमाडौं विश्वविद्यालयमा आठौं आइटी मिट

काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभागले आठौं आइटी मिट आयोजना गर्दै छ । धुलिखेलमा पुस १३–१४ मा आयोजना हुने आइटी मिटमा सूचना प्रविधि सम्बन्धमा सम्मेलन र विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरू हुने आयोजकले बताएका छन् ।
सूचना प्रविधिका क्षेत्रमा आएका पछिल्ला प्रवृत्ति र उपलब्धिहरूबारे जानकारी दिइने यस कार्यक्रममा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरू हुनेछन् र विजयीहरूलाई नगद र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकको भनाइ छ । । काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लब र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा २० भन्दा बढी इभेन्ट÷कार्यक्रम हुनेछ र यसमा ४० घन्टे कोड ह्याकाथन पनि हुनेछ । डिजिटाइज–इन्नोभेट–लिड भन्ने शीर्षक रहेको यस मिटलाई पूर्णरूपमा डिजिटाइज गरिएको आयोजकको दाबी छ । इटी मिट उत्कृष्ट कलेज’ पनि छानिने र कलेजलाई रनिङ शिल्ड पनि प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्