ग्लोबल आईएमई बैंक र नेपाल नेसनल हस्पिटलबीच सम्झौता «

ग्लोबल आईएमई बैंक र नेपाल नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं- ग्लोबल आईएमई बैंक र नेपाल नेसनल हस्पिटलबीच बुधबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
उक्त सम्भौतापत्रमा नेपाल नेसनल हस्पिटलका बजार व्यवस्थापन प्रबन्धक श्रुति राणा र ग्लोबल आईएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतापश्चात् नेपाल नेसनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्