सिप्रदी अटोपार्टस्को टाटा गुरु भेला «

सिप्रदी अटोपार्टस्को टाटा गुरु भेला

काठमाडौं- टाटा मोट्र्स र सिप्रदी अटोपार्टस्द्वारा टाटा गुरु कार्यक्रम सम्पन्न गरिएको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुरदेखि महेन्द्रनगर र पोखरासम्म गरी करिब १२० भन्दा धेरै टाटा गुरुहरूको उपस्थिति थियो । सिप्रदी अटोपार्टस्को प्रतिबद्घताअनुसार टाटा गुरुहरूलाई ज्ञान, सीप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याइने विविध कार्यक्रमहरूका जानकारी गराउँदै टाटाका गाडीलाई टाटा नै सही टाटा गुरुलाई टाटा जेनयुन पार्टस नै सही भन्दै टाटा गुरुलाई सिप्रदी अटोपार्टसको पुर्णरूपमा सहयोग रहने र गुरुबाट पनि सहयोगको अपेक्षा रहेको कुरा सिप्रदीअटो पार्टसका महाप्रबन्धक युवराज बुढाथोकीले बताए ।
ग्राहकलाई फाइदा गराएर मात्र हमाीलाई फाइदा हुनसक्छ भन्ने विश्वासलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको सिप्रदी टाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडी बिग्रिएको अधिकतम ४ घण्टाभित्रमा बनाइसक्ने आगामी योजनामा टाटा गुरुहरूको सहयोगको अपेक्षा रहेको र टाटागुरुलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफू तत्पर रहको कुरा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले वताए । त्यसैगरी अटोमेकानिक्स महासंघका माहासचिव ठाकुरप्रसाद न्यौपानेले आफ्ना भनाइहरू राख्दै हाम्रा सघं–संस्था नपुगेका ठाउँमा सिप्रदी पुगेर तालिमका कार्यक्रम सञ्चालन गरिकन हाम्रा अटो मेकानिक्सहरूलाई सक्षम बनाउन खेलेको भूमिकाको सरहाना गरे ।
कार्यक्रममा टाटालाई टाटा नै सही भन्ने कार्यक्रमा टाटा गाडीलाई बढीभन्दा बढी जेनयुन पार्टसको प्रयोगमा सहयोग गर्ने टाटा गुरुहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्