सौन्दर्य व्यवसायले सामाजिक सुधारमा सहयोग : पूर्वअर्थमन्त्री कोइराला «

सौन्दर्य व्यवसायले सामाजिक सुधारमा सहयोग : पूर्वअर्थमन्त्री कोइराला

पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइरालाले ब्युटी केयर व्यवसायले सामाजिक सुधारको अभियानमा ठूलो सहयोग पुर्याएको बताएका छन् । रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरको ११ औं वार्षिकोत्सवका अवसरका आयोजित सम्मान कार्यक्रममा पूर्वमन्त्री कोइरालाले ब्युटी केयर पेसाले महिला सशक्तीकरणमा उल्लेख भूमिका निर्वाह गरेको बताए । उनले सरकारले एक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सारेको अवस्थामा सौन्दर्य व्यवसायमा मात्र तीन लाख व्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको स्पष्ट पारे ।
११ औं वार्षिकोत्सवका अवसरमा रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरले वरिष्ठ सौन्दर्यविद् डा. राजेश्वरीराज्यलक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला र सञ्चारकर्मी सुशील अर्याललाई विशेष सम्मान गरेको थियो । उनीहरूलाई पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सम्मान गरेका हुन् । कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेशसभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ र बरिष्ठ समाजसेवी सुभाष गुरुङलाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरका संरक्षक प्रकाशकुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र आफ्ना ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा सम्पूर्ण सेवा प्रदान गर्दै आएको दिए । सञ्चालिका रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सेवा विस्तार गर्न लागिएको जानकारी दिँदै ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेवा लिन सक्ने बताइन् ।
सौन्दर्यप्रति सचेत नेपालीको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयर काठमाडौं मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्