प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने «

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।


बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ । निर्जीवन बिमा कारोबार गर्दै आएको कम्पनीको १९ औैं वार्षिक साधारणसभाले दुई सञ्चालकहरुको समेत चयन गरेको छ ।


कम्पनीको संस्थापन समूह ख अन्तर्गत शैलेश संघई र अनिता रायमाझी सञ्चालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्