एनएमबि बैंकद्वारा बाढी प्रभावितलाई राहत वितरण «

एनएमबि बैंकद्वारा बाढी प्रभावितलाई राहत वितरण

एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे ग“ाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।


मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालकसहित गरी ५ जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागि काठमाडौं पठाएको छ । उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोहन गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।


विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन् ।


हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरी सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पु¥याएको छ । चामे ग“ाउपालिकाका वडा नं. ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्