एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन «

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अनलाइनबाटै आवेदन

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो डेबिट कार्ड हराएमा वा बिग्रिएमा अनलाइनबाटै आवेदन दिनसक्ने सुविधा ल्याएको हो ।


कोरोना महामारी जारी रहेको अवस्थामा ग्राहकलाई कार्यालयसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले अनलाईनमार्फत यो सुविधा ल्याएको बैंकले जनाएको छ । बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था बैंकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्