नेपाल बैंकले तीन अर्ब २० करोडको मुद्धति निक्षेपमा लगानी गर्ने «

नेपाल बैंकले तीन अर्ब २० करोडको मुद्धति निक्षेपमा लगानी गर्ने

नेपाल बैंकले तीन अर्ब २० करोड रूपैयाँबराबरको रकम मुद्धति खातामा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको उक्त रकम बरावरको रकम मुद्धति खातामा लगानी गर्ने जानकारी गराएको हो । बैंकले उक्त रकम तीन महिने अवधिको लागि लगानी गर्नेछ ।


वाणिज्य बैंकहरुलाई अधिकतम ५० करोड रूपैयाँमा नबढ्ने गरी आफूले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर असार ८ गतेसम्म प्रस्ताव पेश गर्न पनि बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्