नागरिक लगानी कोषको विशेष सापटी सेवा «

नागरिक लगानी कोषको विशेष सापटी सेवा

कोरोना महामारीको संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएका छन् ।


यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।


यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषले जनाएको छ । कोरोना प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यस सापटीमा कर्मचारी वचत वृद्धि अवकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीहरुलाई २०७८ पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ वर्ष भित्र फिर्ता गर्नुपर्ने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्