Logo

कुमारी बैंकको बाढी पीडितलाई सहयोग

केहीदिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले जनधनको क्षति गरेको छ । यस्तो विपदमा गरेकाहरुलाई कुमारी बैंकले आर्थिक सहयोग गरेको छ ।


कुमारी बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित समुदायलाई सहयोग स्वरुप पीडितलाई ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।


उक्त राहत सामाग्री कुमारी बैंक, मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्