थोत्रा सवारीले कर्णालीमा सास्ती «

थोत्रा सवारीले कर्णालीमा सास्ती

जुम्ला-मृत्यु मार्गको उपनाममा कर्णाली राजमार्ग परिचित छ । खाल्डै खाल्डाको सडक, अलपत्र पक्की पुल, अनि भिरालो ठाउँमा कच्ची सडक, उक्किएको कालोपत्र, त्यसैमाथि थोत्रा सवारीको सास्ती कर्णालीको तितो यर्थात हो । एका तर्फ खतरापुर्ण कर्णाली राजमार्गको क्रास, अर्कोतर्फ पुराना तथा थोत्रा सवारीले ठाउँ–ठाउँमा दिने सास्तीले कर्णालीमा यात्रा गर्ने यात्रुहरू हैरानीमा परेका छन् ।
जुम्ला तातोपानी–२ कि लालकली दमाई, चिसो छल्नका लागि नेपालगन्ज झर्दैछिन् । उमेरले ६० नाघिसेकी उनलाई कर्णालीमा चल्ने गाडीले स्वस्थ मान्छेलाई बिरामी बनाउन्छ भन्ने कल्पना थिएन । बिहान चढे साँझ पुगिन्छ, निकै स्तरी सेवा भन्ने सुनेकी उनले यात्रा गर्दा खेप्नु परेको कष्ट सम्झेर निकै गुनासो गर्छिन् ।
सोमबार जुम्लादेखि नेपालगन्जका लागि भे १ ज ७७१ नम्बरको जीपमा २ हजार टिकट काटेर आइन् । बाटोमा आउँदा, झन्डै ७ भन्दा बढी ठाउँमा गाडी बिग्रियो । उनले भनिन्, उकालामे गाडी चड्नै सक्थेने, झार्दै, धकेल्दै अलि अलि दूरी पार हुने बित्तिकै, बीचमै स्टाट बन्द हुन्थ्यो । चालक लाई रिपिय गर्नभन्दा कुनै चालक बास्ता नै गरेन ।
जुम्लादेखि कालिकोट त्यस्तै जोखिम मौल्दै आएपछि चालकले मर्मत गर्न नमानेपछि मान्मबाट पनि अघि कर्णालीको खतरापूर्ण सडकमा थोत्रो सवारीले रोकाउँदै ल्यायो । कि, स्टाट बन्द हुने, धेकेलेर चलाउँदा बिग्रिएको इन्जिनका कारण गाडीभित्र धुँवा भरिएपछि, डिजेलको गन्ध सहन नसकी, लालकली दमाई, कुडारीकी जुना रावतलाई उल्टी भएर टाउकु दुखेर निकै हरानी भएको अर्का सवारी लोकेन्द्र खत्रीले बताए ।
उनले भने, “२ हजार भाडा तिरेर सुरक्षित र बेलैमा नेपालगन्ज पु¥याउँछ, आए तापनि अझै खर्च बढाएको गुनासो गरे । सुर्खेत नपुग्दै, कपासे भन्ने ठाँउमा गाडीको पट्टा भाँचियो । गाडीमा सवार ३ जना महिला दुई बच्चा पेट्रोलको धुवाँले बिरामी भईसकेका थिए । मेल लिने गाडी पनि नआएपछि झण्डै ३ घण्टा अलपत्र परेको उनको भनाइ छ ।”
जानुपर्ने सुर्खेत थियो, मर्मत गर्नभन्दा चालकले नमानेपछि अन्तत गाडी बिग्रिएर सुर्खेतको जंगलमै बास भयो । धौधौ गरी राति हिँडेर सुर्खेत पुग्दा, खर्च व्यवस्थापन गर्न निकै समस्या भएको उनको भनाइ छ । एकै दिनमा पुगिन्छ भनि, कम खर्च ल्याएका लाई कर्णाली राजमार्गमा निकै सास्ती हुने गरेको छ । दुर्घटनाको जाखिम त कर्णालीमा छँदैछ ।
तर, कर्णालीमा गुड्ने साना ठूला सबै सवारी पुराना र थोत्रा भएपछि यात्रा निकै सास्तीपूर्ण हुन गरेको छ । बाहिर हेर्दा चिटिक्क बनाए, पनि २० औं वर्ष पुराना गाडी इन्जिननै बिग्रीएका गाडी कर्णालीमा संचालन भइरहेका छन् । यायाता सेवाका नाममा कर्णालीमा यातायात व्यवसायीहरूको कमाउ धन्दा मात्रै चलेको देखिन्छ ।
दुर्घटना कम गर्न, साइरन जडान गरेको कर्णाली सरकारको योजनाले पनि कुनै काम गरेको छैन । साइरन जडान गरेपश्चात् झन्डै कर्णालीका विभिन्न ठाउँमा १० वटाभन्दा बढी दुर्घटना भइसकेका छन् । दुर्घटना कम गर्न सडकको स्तरउन्नति तथा अपूरा पुल निर्माणमा जोड दिन कालिकोतले हस्त चौलागाईंले स्थानीय तथा प्रदेश सरकारलाई सुझाव दिए ।
उनले भने, बरु सडक कच्ची भए पनि सवारी चेकजाँच गरी सञ्चालन गर्नुपर्ने र कर्णालीमा धेरै पुराना सवारी चलाउन नपाउने नियम प्रदेश सरकारले लागू गर्नुपर्ने कर्णालीवासीको माग छ । कर्णालीमा गुड्ने साना ठूला सबै सवारी पुराना छन् । राजमार्गको जोखिमसँगै, थोत्रा गाडीले दिने सास्तीले कर्णालीबासी हैरानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्