भूकम्पसम्बन्धी फोटो प्रदर्शनी सुरु «

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी सुरु

२०७२ वैशाख १२ को भूकम्प, त्यसपछिका परकम्प, पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी फोटो प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । तीन दिने फोटो प्रदर्शनीको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार शुभारम्भ गरे । सो अवसरमा उनले पुनर्निर्माण हुने धरहरा परिसरमा भूकम्प, राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी भएका गतिविधिहरुलाई समेटेर संग्रहालय राख्ने योजना रहेको बताउँदै फोटो, भिडियो, अडियोलगायतले नेपालमा भूकम्पपछिको अवस्था, पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पु-याउने बताए ।
विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करिब सयवटा फोटोहरु राखिएको छ । प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब नेपाल (पिजे क्लब) को सहकार्यमा आयोजित प्रर्दशनी शुक्रबार साँझ ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्