१० वर्षमा बाढीबाट १७ अर्ब क्षति «

१० वर्षमा बाढीबाट १७ अर्ब क्षति

l;Gw’kfNrf]s d]nDrL gu/kfnLsf / x]nDj’ 5’6Lg] :yfgdf /x]sf] jhf/ If]q cGo :yfgdf eGbf oxf sd If]qL b]Vg ;lsG5 . t:jL/ Mk|bLk/fh jGt,/f;;

१० वर्षको अवधिमा मुलुकभर बाढीबाट करिब १७ अर्बको वित्तीय क्षति भएको छ ।
मनसुनको समयमा आएको बाढीले वि.सं. २०६८ देखि गत जेठसम्मको अवधिमा भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा सो क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बाढीको कारण भौतिक संरचनासहितको क्षतिबाट १७ अर्ब बराबरको नोक्सान भएको छ ।
प्राधिकरणका अनुसार विगत १० वर्षमा देशभर १ ६ सय ३८ बाढीका घटना भए । यस अवधिमा ८ सय ४ जनाले ज्यान गुमाएका छन् भने ११ हजार २९४ संरचना क्षति भएको तथ्यांकमा उल्लेख छ ।
“हालसम्म ५ सय भन्दा बढी बेपत्ता भएका छन्, यस हिसाबले बाढीले वर्षेनी सरदर १५० जानको ज्यान गएको छ,” मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७ मा उल्लेख गरिएको छ । कार्ययोजना अनुसार, बाढीका कारण धेरै भौतिक संरचनामा क्षति पु¥याउँदै आएको छ ।
मनसुन सुरू भएको साता दिन पनि नबित्तिदै बाढीका कारण २२ जना बेपत्ता भएका छन् भने १० जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष बाढी तथा पहिरोका घटना बढ्ने भएकाले समयमा नै सतर्कता अपनाउन जरुरी छ । विभागले ठूला नदीहरुमा बाढी सम्बन्धि पूर्वसूचना जडान गरे पनि कतिपय खोलाहरुमा पूर्वसूचना प्रणाली नहुँदा जनधनको क्षति बढ्दै गएको छ ।
बाढी रोक्न नसके पनि बाढीबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी देखिएको विभाग अन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठको दावी छ ।
“अहिले मुलुकमा २०१ सय जलसम्बन्धी स्टेशन र ११० वटा स्वचालित बाढी पूर्वानुमान स्टेशनहरु छन्,” उनले भने, “चालु अवस्थामा ८५ वटा मात्रै छन्, अरु मर्मत गर्नुपर्ने हुन्छ ।”
श्रेष्ठले वर्षेनी आउने बाढीका कारण पूर्वानुमान स्टेशनहरु बिग्रने र मर्मतका लागि समय लाग्ने बताए । “तराईको क्षेत्रलाई प्राथामिता दिएर अहिले ठूला १० जलाधारमा बाढी सम्बन्धि पूर्वसूचना प्रणाली जडान भएका छन्, पहाडी क्षेत्रमा पनि बाढी जान थालेपछि अब बिस्तारै प्रथामिकता दिँदै जाने छौं,” उनले भने, “आगामी आर्थिक वर्षमा ३ वटा जडान गर्ने तयारीमा छौं ।”
विपतजन्य पूर्वतयारीमा लगानी बढाउन सके बाढी पहिरो जस्ता प्राकृतिक विपतबाट हुने आर्थिक तथा मानविय क्षति न्यून गर्न सकिने बताउँछन्, जलवायु तथा प्राकृतिक विपत व्यवस्थापन विद् डा.धर्मराज उप्रेती ।
जल तथा मौसम विभागका अनुसार यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने छ । दक्षिण एशियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरुको भेलाले पनि बढी वर्षा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्