व्यवसायीद्वारा सुरक्षाको माग «

व्यवसायीद्वारा सुरक्षाको माग

पछिल्ला दिनमा व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गरेर सुनचाँदी व्यवसायीमाथि श्रृंखलावद्ध रुपमा आक्रमणका घटना भएकाप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।


महासंघले एक महिनाअघि सिराहामा भएको सुनचाँदी व्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरीको सम्सी गाउँपालिका–१ मा राजीप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहमाथि आक्रमण भएको भन्दै महासं३ले सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्