असारभित्र किस्ता र ब्याज बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत छुट «

असारभित्र किस्ता र ब्याज बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । बैंकले विज्ञप्तिमार्फत कोरोना संक्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो ।


कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटका कारण कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज बुझाउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको हो ।
सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्