बाढी प्रभावित पर्यटन व्यवसायीलाई टानको राहात «

बाढी प्रभावित पर्यटन व्यवसायीलाई टानको राहात


विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गतका बाढी पीडित पर्यटन व्यवसायीहरुलाई पर्यटन क्षेत्रमा काम गर्दै आएको ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल (टान) ले राहात वितरण गरेको छ ।


गत मंगलबार आएको बाढीका कारण प्रभावित अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङदी गाउँपालिका भित्रका पर्यटन व्यवसायीलाई टानले खाद्यान्नसहित आवश्यक राहात सामग्री उपलब्ध गराएको हो ।


कोरोना संक्रमणको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण मर्काम परेका पर्यटन व्यवसायीहरु गत मंगलबार मस्र्याङदी नदिमा आएको बाढीका कारण थप प्रभावित बनेको भन्दै उनीहरुलाई राहत उपलब्ध गराएको टान पश्चिमाञ्चल अध्यक्ष सुशील पौडेलले बताए ।
टानले स्थानीय मस्र्याङदी गाउँपालिकासँग समन्वय गरी खाद्यान्न, पाल र स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराएको हो । टानका अध्यक्ष पौडेलसहितको टोलीले बेसीशहर ६ खरखरेसम्म पुगेर मस्र्याङदी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेका हुन् ।


गत रातीको वर्षाले खरखरे भिरमापुनःपहिरो गएपछि बेसीशहर खुदी सडक अवरुद्ध भएपछि टानको टोली त्यहिबाट फर्किएको हो । टानले उपलब्ध गराएको सामग्री गाउँपालिकाले प्रभावितहरुलाई वितरण गर्ने जनाएको छ ।
गाउँपालिकाका अनुसार बाढीका कारण अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङदी गाउँपालिकाभित्र मात्रै २५ भन्दा बढी पर्यटन व्यवसायीहरु प्रभावित भएका छन् । लकडाउनका कारण व्यवसाय ठप्प भएर आक्रान्त बनेका पर्यटक लक्षित होटल, रेष्टुरेण्टलगायत अन्य व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु बाढी तथा पहिरोको प्रभावले झनै पीडित बनेका हुन् ।


यसैगरी टानले लमजुङसहित मनाङका बाढी पहिरो प्रभावित पर्यटन व्यवसायीलाई पनि राहात उपलब्ध गराउने भएको छ । भौगोलिक विकटता र तत्काल सडक सञ्जाल नहुँदा मनाङसम्म राहातको सामग्री पु¥याउन कठिन भएको टान पश्चिमाञ्चल समितिले जनाएको छ । मनाङका लागि हेलिकोप्टरबाट राहातको सामग्री पु¥याउने पहल भइरहेको अध्यक्ष पौडेलले बताए ।


पर्यटन व्यवसायबाटै जिविकोपार्जन गर्दै आएका व्यवसायीहरु विपदमा परेका बेला पर्यटन क्षेत्रमै काम गर्दै आएको सरोकारवाला संस्थाले श्रोत र साधनले भ्याएसम्मको राहात उपलब्ध गराएको टानले जनाएको छ । आफ्नो संस्था सम्वद्ध व्यवसायीहरुको हकहित र थप राहातका लागि पहल भइरहेको भन्दै जुनसुकै अवस्थामा पनि सहयोग र सहकार्यका लागि टान व्यवसायीहरुको साथमै रहेको पनि पश्चिमाञ्चल समिति अध्यक्ष पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्