नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने «

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारणसभाले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

कोरोना महामारी जारी रहेको अवस्थामा बैंकले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।
युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका सेयरधनीले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।


युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्तापुजी १३ अर्ब ८४ करोड रूपैयाँ पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुने बताइएको छ । यस्तै नबिल बैंकको शाखा सञ्जाल वृद्धि भएर १४७ हुनेछ भने एटीएमको संख्या १८९ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्