भारतमा १० लाख बैंक कर्मचारी हड्तालमा «

भारतमा १० लाख बैंक कर्मचारी हड्तालमा

नयाँ दिल्ली-भारतका २१ सरकारी तथा ९ पुराना निजी बैंकका १० लाख कर्मचारी हड्तालमा उत्रिएका छन् । युनाईटेड फोरम अफ बैंक युनियनको अपिलमा यो हड्ताल गरिएको हो । यसमा कर्मचारीका ४ र अधिकारिका ५ युनियन समावेश छन् । नेशनल अर्गनाइजेसन अफ बैंक वर्कर्सका उपाध्यक्ष अश्विनी राणाका अनुसार युनियनसँग सम्बन्धित पुराना निजी बैंकमा आज कामकाज ठप्प हुने छ । यसमा फेडरल, कर्नाटक, करुस वैश्य, धनलक्ष्मी, लक्ष्मीविलास बैंक समावेश छन् । सरकारी बैंकको मर्जरको बिरोधमा तथा तलब बढोत्तरीको माग गर्दै कर्मचारीहरुले हड्तालको पैmसला लिएका हुन् ।
सरकारले बैंक अफ बडौदा, देना बैंक तथा विजया बैंकको मर्जरको विषयलाई लिएर पनि यो हड्तालको पैmसला गरेका ुहन् । इन्डियन बैंक्स एसोसिएसनले पनि ८ प्रतिशत तलब बढाउने प्रस्ताव दिएका छन् । तर बैंक कर्मचारी संघलाई यो मान्य छैन ।

प्रतिक्रिया दिनुहोस्