कांग्रेस महाधिवेशन भदौ १६ देखि «

कांग्रेस महाधिवेशन भदौ १६ देखि

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका÷नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन भाद्र १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए ।
नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडी बढ्ने निर्णय पनि गरेको छ । कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरुको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्