सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते «

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते

सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारणसभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।


यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंमा साधारणसभाको मिति तय गरेको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।


साधारणसभा प्रयोजनको लागि कम्पनीले वैैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले वैैशाख २८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्