नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा «

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहअन्र्तगतको नौ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४० रूपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।


संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ,संस्था तथा व्यक्तिले २०७८ असार २ गतेदेखि १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्