दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश «

दराजको बैंक डेज अफरमा थप ३ बैंक समावेश

नेपालको अग्रणी अनलाइन बजार, दराजले तीन प्रमुख नेपाली बैंक माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरेर बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ ।


यस अफरमार्फत ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा १५ प्रतिशत ५०० रूपैयाँसम्मको छुट पाउन सक्नेछन् । यी बैंकहरु दराजका चार अन्य साझेदार बैंकहरू सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकसँग मिलेर बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ ।दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छूटको मजा लिन सक्नेछन् । माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डधारकहरूले हरेक बिहीबार दराज एप मार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् ।


दराजले माछापुच्छे बैंक– डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत ५०० रूपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा ५०० रूपैयाँसम्मको छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी मेगा बैंक– डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा ५०० रूपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत वा ५०० रूपैयाँसम्मको छुट दिने बताइएको छ ।


हिमालयन बैंक– प्रीपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ५०० रूपैयाँसम्मको छुट पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी दराज बैंक डेज अफर अन्तर्गत, ग्राहकहरु हप्ताभरी दराजका अन्य साझेदार बैंकहरुबाट उस्तै छूटको मजा लिन सक्ने दराजले जनाएको छ । दराजले साप्ताहिक रुपमा दिनमा तोकेर विभिन्न बैंकमार्फत छुट दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्