हंगेरीको अवैतनिक महावाणिज्यदूतमा चौधरी «

हंगेरीको अवैतनिक महावाणिज्यदूतमा चौधरी

सरकारले उद्योगी अरुणकुमार चौधरीलाई हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

चौधरीलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले २०२१ फेब्रुअरी २१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङस्का अध्यक्षसमेत रहेका चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी क्षेत्रीले उनलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा नवनियुक्त अवैतनिक महावाणिज्यदूत चौधरीले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्