हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक «

हिमस्टारद्वारा नयाँ हलोजन हिटर सार्वजनिक

 विगत ३० वर्षदेखि नेपाली ग्राहकहरूको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरू सार्वजनिक गरेको छ । जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरू सार्वजनिक गरेको छ । ४ सय, ८ सय, १२ सय वाटका रहेका उक्त हिटरहरू सबै पोर्टेबल आकारमा छन् जसले प्रयोगकर्ताहरूलाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ । यसबाहेक, सबै तीन मोडलहरूमा वाइड अश्सिकिलेटिङ फक्सन छ जसले तापलाई चारैतिर फैलाउँछ । सबै मोडेलहरूमा सुरक्षा टिप(ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा आउँछ । हलोजन हिटरहरूका यी तीन मोडलहरू उत्पादमा १ वर्ष वारेन्टीको साथ आउने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्