सेयर बजार ८ अंकले बढ्यो «

सेयर बजार ८ अंकले बढ्यो

सामान्य अंकले उकालो लागेको सेयर बजार परिसूचक (नेप्से) आउँदो साता पनि बढ्ने देखिन्छ । यो साता नेप्से ८ अंकले उकालो लागेको छ । यसलाई होटल, वाणिज्य बैंक, विकास बैंक, वित्त समूहले साथ दिएको छ । उत्पादनमूलक र लघुवित्त समूह सामान्य ओरालो लागे पनि समग्रमा नेप्से बढेको छ । तर नेप्से बढे पनि साताभरको कारोबार भने घटेको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार ३६ प्रतिसतले घटेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १७३९३ कारोबारबाट एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार दुई सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशत कम हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७५८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर अन्तिम दिन १४४०.२९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.२९ अंकले बढेर ३०३.६८ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२३ करोड ७६ लाख ५० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ९९ हजार कित्ता) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१४७५ वटा) को आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्