सन नेपाल र सिभिल बैंकबीच सम्झौता «

सन नेपाल र सिभिल बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे ।
यस सम्झौताअन्र्तगत सिभिल बैंकका सम्पूर्ण ग्राहकहरूले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने भन्दै बैंकले उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेखहरू सिभिल बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुने पनि जनाएको छ । साथै इन्स्योरेन्स कम्पनीले निकट भविष्यमा आफ्नो चुक्तापुँजी २ अर्व पु¥याउन ६० करोड रुपैयाँकोे साधारण सेयर सर्वसाधारणमा बिक्रीका लागि ल्याउँदै गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्