सिटिजन्सद्वारा नारायणघाटमा बैंकिङ सेवा «

सिटिजन्सद्वारा नारायणघाटमा बैंकिङ सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मंगलबारदेखि हाल रहेको भवनको (भरतपुर मनपा–३ सामुन्ने करिब १ सय मिटरको दूरीमा रहेको भवनमा) भरतपुर मनपा–२ स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको जनाएको छ । उक्त शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको भन्दै बैंकले सुविधासम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ । औद्योगिक नगरी नारायणघाटमा आयात, निर्यात, व्यापार तथा अन्य व्यावसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाइ टेवा पु¥याउने हेतुले विभिन्न नयाँ योजनाहरू प्रभावकारी ढंगले सञ्चालन गर्ने विश्वास बैंकले लिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्