ट्रम्पको चित्त दुखाईः ‘म ह्वाइट हाउसमा एक्लै भए’ «

ट्रम्पको चित्त दुखाईः ‘म ह्वाइट हाउसमा एक्लै भए’

वासिङटन-अमेरिकामा जारी सटडाउनपछि डेमोक्र्याट र रिपब्लिकबीच आरपारको लडाइ चलिरेहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर भनेका छन् कि म ह्वाइट हाउसमा एक्लै भए ।
राष्ट्रपतिले सोमबार फ्लोरिडामा आफ्नो मारा लागो रिसोर्टको भ्रमण रद्द गरेर भने,“म ह्वाइट हाउसमा पुरै एक्लो थिए ।” उनी आंशिक रुपमा ठप्प भएको सरकारी कामकाज सुरु गर्नका लागि डेमोक्र्याट वार्तामा आउने आशामा बसिरहेका छन् ।
सरकारी विभागको गतिविधि आंशिक रुपमा ठप्प भएको ३ दिन भइसकेको छ । राष्ट्रपतिको अमेरिका–मेक्सिसको सीमामा पर्खाल निर्माणका लागि कोषको मागलाई लिएर डेमोक्र्याटसँगको विवादका कारण यो अवरोधको अवस्था सिर्जना भएको हो ।
एकपछि अर्को ट्वीट गर्दै फोटो पोष्ट गरेर ट्रम्पले आपूm कडा मिहेनत गरिरहेको तर विपक्षी डेमोक्रेटिक सांसद भने आफ्नै घरमा क्रिसमस मनाइरहेको उनले बताएका छन् । ट्रम्पले सोमबार ट्वीट गरेर भनेका छन्,“म ह्वाइट हाउसमा पुरै एक्लो भएको छु र डेमोक्र्याटको फिर्ता हुने र तत्कालिन आवश्वकताको सीमा सुरक्षामा एक सम्झौताको अपेक्षा गरिरहेको छु ।”
अमेरिकी कंग्रेसमा डेमोक्र्याट सदस्यका आरोप यो छ कि अमेरिकी राष्ट्रपति ट्रम्प फेडरल रिजर्भमा आफ्नो मनोमानी चाहन्छन र सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको कारण देखाउदै देशलाई अराजकतातर्फ धकेल्दै छन् ।
डेमोक्र्याटको भनाई यो छ कि अमेरिकी कामकाज आंशिक रुपमा ठप्प हुनाले २५ प्रतिशत अमेरिकी सरकारी एजेन्सी बिना कोष सञ्चालित भइरहेका छन् ।
स्थानिय सञ्चार माध्यमका अनुसार फेडका अध्यक्ष जेरोम पावेलले अघिल्लो साता अमेरिकी व्याज दर बढाएपछि राष्ट्रपति उनलाई बर्खास्त गर्ने विषयमा बिचार गरिरहेका छन् । यद्यपि वित्त मन्त्री स्टिभन मुचिनले ट्रम्पले पावेललाई हटाउन लागेको विषय खारेज गरिदिएका छन् ।
सरकारी कामकाज ठप्प हुनाले शुक्रबार रातीदेखि अमेरिकी सरकारको करिब २५ प्रतिशत गतिविधि रोकिएको छ । कंग्रेसले बजेट स्वीकृत नगरेपछि यी विभागहरुको कोष समाप्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्