विश्व बैंकको १७ अर्ब सहयोग «

विश्व बैंकको १७ अर्ब सहयोग

विश्व बैंकले कोरोना महामारीबाट प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि करिब १७ अर्ब रुपैयाँ अर्थात् १५० मिलियन डलर सहायताको घोषणा गरेको छ ।
महामारीबाट सबैभन्दा जोखिम क्षेत्रको सुरक्षा र दिगो विकासका लागि सहायता दिने उद्देश्यले सहायता रकम घोषणा भएको हो । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदादले महामारीको आर्थिक र सामाजिक प्रभावलाई विश्लेषण गरेर यसबाट प्रभावित जनसंख्यालाई तत्काल राहत तथा नेपालको हरित, भरपर्दो र समावेशी पुनस्र्थापनाका लागि सहायता दिने विश्व बैंकले निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार सहायताले कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन तथा सार्वजनिक पुँजी खर्च लगायतका संस्था र नियमनलाई सशक्त बनाई वृद्धि, पुनस्र्थापना र भरपर्दो विकासका लागि यसले सहायता गर्नेछ । यसले निजी क्षेत्रको लागि तत्काल स्वास्थ्य सेवालाई सम्बोधन गर्नुका साथै आधुनिक सामाजिक सुरक्षा प्रदान, पुँजीमा पहुँच वृद्धि र डिजिटल समाधानका लागि सहायता पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्