पोखराका विभिन्न ठाउँमा डुवान र प्रभाव «

पोखराका विभिन्न ठाउँमा डुवान र प्रभाव

कास्कीको माछापुच्छ्रे गाउँपालिका—१ स्थित उपल्लोघाचोक (टुुसे) मा खहरेखोलाले बगाउँदा एक स्थानीय महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहानैदेखिअविरल रूपमा परेको पानीको कारण टुसेमा खहरेखोलाले बगाउदा स्थानीय ४८वर्षीया लीला विक (परियार) को मंगलबार बेलुका मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका—१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङले बताए ।मंगलबार बेलुका करिब ७ः०० खहरेखोलाले बगायर करिब २० मिटर तल्ल पुराएकोअवस्थामा स्थानीयले देखेपछि उनलाई उद्धार गरे पनि उनको भने मृत्यु भईसकेको स्थानीयले जनाए । विपन्न परिवारकी एवं स्थानीय कटुवालका रूपमा काम गर्दै आएकी थिइन् ।

यसैबीच, उक्त निधनको घटनाले आफू निकै दुखी भएको गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल जीवनले बताए । घर नजिकै खहरेखोलाले बगायर निधनको घटनाले आफु निकै मर्माहितभएको बताएका सांसद बरालले उनको मृतआत्मको चिर शान्तिको कामना सहितपरिवारजनामा हार्दिक समवेदन समेत व्यक्त गरेका छन् ।

गरिब तथा विपन्न परिवारकीविकको परिवारलाई उचित राहात उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्दैवर्षादको समयमा सचेत र सम्पूर्ण जनतामा सजगत हुन सांसद बरालले जारीगरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।कास्की प्रहरीले उनको शवको मुचुल्का गरी उनका आफन्तलाई समेत बुझाएको छ। उक्त ठाँउमा केही बर्ष अघि समेत खहरेखोलाले बगायर एक जानको मृत्युभएको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

अध्यक्षगुरुङ सहित वडा अध्यक्ष गुरुङले समेत उनको निधनको घटनाले आपूmहरूसमेत निकैदुःख लागेको बताए ।गएरातिदेखि परेको अबिरल वर्षातको कारण कास्कीको अन्नपुर्ण गाउँपालिका—१० घान्द्रकस्थित माथिबाट आएको पहिरो र मादी गाउँपालिका—७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा ६ घरपरिवार बिस्थापित भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका—१ होकुस्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी ४ सयवटा भेडा बगाएको, उक्त स्थानमा प्रहरी टोली खटिगई जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा जुटेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए ।

त्यस्तै गएरातिको समयमा कास्की माछापुच्छ«्रे गाउँपालिका—१ धिप्राङ बस्न वर्ष ६५ की केशरी गुरुङको ढुङ्गा, माटोले बनेको ढुङ्गाले छाएको २ तले कच्ची घरमा अचानक आगलागी हुदाँ करिब १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त घरमा मानिसहरू हाल बसोबास नगरेको हँुदा मानवीय क्षति नभएको अर्यालले जनाए । स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

पोखरा २५ कोे हेमजामा केही घर तथा बस्तीले पानीको निकास नहुँदा डुवान भएको छ । त्यसै गरी पोखरा २४ को पामेमा करिब २० घर खोलाको उच्च जोखिममा रहेको छ । स्थानीय दीपक पुरीका अन्सार पोखरा महानगरले हालै निर्माण गरेको फेवासिल्ट्रेसन ड्यामसहित अन्य क्षेत्रको पानी एकीकृत बेतेनी खोलातर्फ जाने पानी पनि मापे खोलातर्फ आउँदा मापमा बस्तीको उच्च जोखि भएको छ ।

पोखराको रामघाटमा भने हाल पानीको निकास हुने मुखमा फोहोर वस्तुले गर्दा बुझिन पुगेकाले रामघाट हाल ताल जस्तै भएको छ । रामघाट तथा तुल्सीघाटसम्म डसवान भएको छ भने शवदाह स्थलहरूसमेत डुवानमा परेको स्थानियले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्