सहरमुखी पर्यटनले समृद्धि सम्भव छैन : मुख्यमन्त्री गुरुङ «

सहरमुखी पर्यटनले समृद्धि सम्भव छैन : मुख्यमन्त्री गुरुङ

लमजुङ-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धि सहरमा मात्र सीमित नभएको बताएका छन् । सार्क नमुना घलेगाउँलाई स्मार्ट भिलेज शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
पर्यटन नै मुलुकको आर्थिक समृद्धिको खुट्किलो भएको दाबी गर्दै मुख्यमन्त्री गुरुङले सहरी क्षेत्रको पर्यटनले मात्रै समृद्धि सम्भव नभएकोमा जोड दिए । नेपालकै पहिलो स्मार्ट भिलेजको शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले प्रकृति र संस्कृतिले धनी पर्यटकीय गाउँहरुलाई प्रविधिमैत्री बनाउन सके पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।
दक्षिण एसियाकै नमुना घलेगाउँलाई थप पर्यटन प्रवद्र्धनका लागि स्मार्ट भिलेजको रुपमा विकसित गरिएको हो । घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकसित गर्न पूर्वाधार विकासको क्रम पनि सुरु गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितीका अध्यक्ष प्रेम घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्