Logo

कोरोना कहरमा प्रवासी नेपालीहरूको सहयोग


गैरआवासीय नेपाली संघ अफ्रिकाले विकट हिमाली जिल्ला मुगुमा महामारीबाट संक्रमितहरूको उपचारमा सहयोगका लागि अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ ।


एनआरएनए अफ्रिकाले सहयोगमा ७० किलोका १० थान अक्सिजन सहितका सिलिण्डर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गरिएको हो ।
एनआरएनए अफ्रिकाले सहयोग गरेका भरी सिलिण्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका एमडी चिकित्सक कविर पौडेललाई मंगलबार हस्तान्तरण गरेका हुन् ।


सुविधासम्पन्न ठाँउहरूमा विकल्प हुने भए पनि दुर्गम जिल्लाहरूमा कोही बिरामी परेका मानिसहरूको रातका लागि अक्सिजनको अभावबाट ज्यान गुमाउनु नपरोस भनेर सिावले एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तरगत मुगु जिल्ला अस्पताललाई १० थान सिलिण्डर सहयोग गरेको अध्यक्ष मल्लले बताए ।


भैरहवाबाट पठाइएका उक्त सिलिण्डरहरू मुगुसम्म पु¥याउने स्थानीय रूपमा संयोजन पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल, अछाम पत्रकार महासंघका सस्थापक अध्यक्ष वेदप्रसाद तिमिल्सैना र एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले गरे ।
अभियानअन्तर्गत बोत्स्वाना अध्यक्ष पदम भण्डारी, कङ्गो अध्यक्ष अमृत क्षेत्री, मोजाम्बिक अध्यक्ष सारदा पौडेल राय, एनआरएनए समन्वय समितिहरू र सदस्यहरूले अक्सिजन सिलिण्डर खरिदका लागि सहयोग गरेका थिए ।


जिल्लामा कोरोना संक्रमितहरूको संख्या बढ्दै जानथाले पछि सक्रिय बिरामीहरूलाई जिल्लामा अक्सिजन अभाव नहोस भनेर सहयोगका लागि एनआएएनए अन्तर्राष्ट्रिय समितिकापूर्व कोषाध्यक्ष तथा विश्वको ११ औं धनी नाइजेरियाको डांगोटे ग्रुपका खाद्य सेक्टरका महाप्रवन्धक हिक्मत थापासँग पत्रकार नृपेन्द्रबहादुर मल्ल र धरानका कृष्णप्रसाद कोइरालाले सम्पर्क गरेपछि थापाले विकट हिमाली जिल्ला मुगुमा अक्सिजन सहितका सिलिण्डर पठाउन सहयोग जुटाएका हुन् ।


भैरहवाबाट नेपालगन्जसम्म अछाम पत्रकार महासंघका सस्थापक अध्यक्ष वेद प्रसाद तिमिल्सैना र नेपालगन्जबाट मुगुसम्म छायाँनाथ बचत तथा ऋण सहकारी सस्था मुगुले ढुवानी सहयोग गरेका छन् ।


राज्यले दूरदराजका जनतालाई सेवा दिन नसकि रहेको अवस्थामा निजी क्षेत्रबाट प्रवासमा रहेका नेपालीदाजुभाईहरूले गरिव,निमुखा जनताको जिवन बचाउन गरेको सहयोग साँच्चै भगवान नै साक्षार उपस्थितभए जस्तै भएको र आगामी दिनमा पनि गरिव, निमुखा, दुर्गमका जनतालाई पर्ने विभिन्न समस्यामा मलम लगाउन सहयोग गरी दिन पनि चिकित्सन कविर पौडेलले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्