नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु «

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु


काठमाडौं । अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रूपमा आयोजना हँुदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असार ३ बिहीबारदेखि २० गते (जुन २०२१ महिनाको १७–२०) सम्म अनलाइन (भर्चुअल) बाट हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन् ।

जुनको १७ तारिक बिहिबार साँझ भर्चुअल रूपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ । महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निःशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरूलाई पुरस्कृत पनि गरिनेछ ।
चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरूको नेटवर्कमा कोसाफको आयोजना भएको थियो। २०२१ को संस्करण भने भर्चुअल रूपमा हुँदैछ । निःशुल्क चलचित्र हेर्नको लागि लिंकः जततउकः÷÷लबाष्mिकयअष्भतथ.यचन÷

प्रतिक्रिया दिनुहोस्