मेलम्ची बाढी वितण्डा : करोडौं लगानीका रिसोर्ट, फार्म र संरचना इन्द्रावतीमा विलय «

मेलम्ची बाढी वितण्डा : करोडौं लगानीका रिसोर्ट, फार्म र संरचना इन्द्रावतीमा विलय

सिन्धुपाल्चाकको उत्तर पश्चिम गाउँ हेलम्बु र पाँचपोखरीका फरक दुुई नदिबाट एक साथ उर्लिएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित अरबौंको क्षति गराएको छ । बुधबार हेलम्बु र इन्द्रावती नदिको उद्गमस्थल पाँचपोखरीबाट उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले संयौं घरटहरा, कृषि फार्म, सवारी साधन, सडकलगायत संरचना बगाएको हो ।
बाढीले सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बगाएको छ । मेलम्ची नगरपालिकाको पर्यटन समृद्धिको आधार बहुप्रतिक्षित सिटि पार्क क्षणभरमै विलय गरायो । १२ करोड लगानीमा निर्माणाधिन सिटि पार्क उद्घाटन तयारीमा थियो । जहाँ मन्दिर, चिल्डेन पार्क, बगैंचा थिए । ‘पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको १२ करोडको महत्वकांक्षी योजना आँखैसामू १२ मिनेटमै इन्दावतीले निल्यो,’ मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले भनिन्, ‘यो सँगै नगरपालिकाका अन्य सडक पूर्वाधारहरुमा पनि क्षति भएको छ ।’
यो संगै बाढीले गरेको हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडवक्स स्थलमासमेत क्षति पुर्याएको छ । जिल्लाको पर्यटकीय गाउँ हेलम्बुको तिम्बुबजार, चनौटे बजारमा बाढी पस्दा स्थानीयवासी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । खोलामा बाढी आएदेखि अबरुद्ध भएको विद्युत आपुर्ती सूचारु नहुँदा सञ्चार विच्छेद भएका कारण मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे अझै एकिन हुन नसकेको उनले बताए । ‘अहिलेृ हामी खोज र उद्धारमा छौं, बाढीले कति घर बगाए, के कति पशुचौपायामा क्षति पर्यो भन्नेबारे एकिन आएको छैन,’ उनी भन्छन्, ‘पहिलो प्राथमिकता मानवीय क्षति कम गराउनु भएकाले बेपत्ताको खोजीमा हामी जुटेका छौं ।’ उनले हालसम्म सातको शव फेला परेको जानकारी दिए ।
पर्यटकको प्रमुख आकर्षण रहेको इन्द्रावती र मेलम्ची करिडोरका करौडौं लगानीका टाउट माछा फार्म सबै बगाएको स्थानीयको भनाई छ । करिडोर नजिक रहेका रिसिोर्टका भवनसहित सबै सामग्री इन्द्रावतीमा विलय भएको पीडित द मेलम्ची भ्यू रिसोर्टका सञ्चालक लक्ष्मण गौतमले बताए । ‘एक करोड भन्दा बढी खर्चेर रिसोर्ट स्थापना गरेका थियौं,’ उनले भने, ‘वैशाख १ गते उद्घाटनको तयारी थियो, निषेधाज्ञाले रोक्यो ।’ उनले ऋण गरेर सञ्चालनमा ल्याउन लागेको रिसोर्टले घरबार विहीन बनाएको सुनाए ।
खोला ठूलो हुँदै आएकाले मानवीय क्षति हुन नपाएपनि घरहरु भने डुवान परेको हो ।
बाढीले मेलम्ची बजारमा मात्रै झण्डै एक सय घर टहरामा क्षति पुर्याएको छ । संयौं रोपनी खेती योग्य जमिन नष्ट गरेको छ । मेलम्चीमा रहेका आमा ह्योल्मो बसपार्क पुरै डुुवाउँदा सवारी साधन र बसपार्कमा रहेका होटलहरुको नामोनिसान देखिदैन । बाढी साँझ पर्नुअगावै आएकले मानवीय क्षति कम भएको स्थानीय कालुराम विक बताउँछन् ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएकाको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा डुबानमा परेको छ । मेलम्ची आयोजनामा काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको थियो, त्यहाँबाट ३७ कामदारको उद्धार गरिएको छ भने मेलम्चीबाट खोलाको बीचमा फसेका आधा दर्जनलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
अविरल बर्षाका कारण उर्लदों खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडोरका बासिन्दा माथि माथि सरेर ज्यान जोगाउनेतिर लागेका छन् । रातमा हेलम्बुका किउलबासी घरमाथि रहेको बारीको पाटालाई आश्रय लिएर सुरक्षित स्थानमा सरेका छन् । खोलाको वहाव अझै उस्तै रहेकाले गाउँवासीमा त्रास अझै बढेको छ । ग्याल्थुमवासी पनि भागदौडपछि बस्तीमाथि सरेका छन् ।
यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन् । मेलम्चीवासीले रात ज्यान जोगाउन नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलोका रूपमा लिएका छन् । उनीहरुलाई गास र बासको व्यवस्था नगरपालिकाले गरिरहेको छ । ‘हामीले बाढीबाट विस्थापितलाई गाँस र बासको प्रवन्ध गरेका छौं,’ मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले भनिन् ।
विस्थापितको व्यवस्थापन, बेपत्तााको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीयवासी र विभिन्न दलका नेताहरुसमेत लागिपरेका छन् । विस्थापितको सहज बास लगाएयत उनीहरुो छिटै ब्यवस्थापन गरिदै आइएको छ । आपतको समयमा स्थानीय सरकारले चासोका रुपमा हेरिनुपर्ने विपदग्रस्त क्षेत्रका नेता एवं राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमसेर राणाले बताए । उनी यसै क्षेत्रबाट पत्यक्षबाट झण्डै चार दसकदेखि निर्वाचनमा होमिदैं आएका छन् ।
१ सय ४५ जनाको ज्यान जानेगरि गएको २०७१ साल को जुरै पहरोदेखि सिन्धुपाल्चोकले हरेकवर्ष विपत्ति सहँदै आएको छ । विभिन्न समय र स्थानका स्थानीयवासीले आफूहरु बसेको ठाउँ जोखिमग्रस्त भएकाले सुरक्षित स्थानमा सारिदिन स्थानीय प्रशासनसँग आग्रह गरेपनि वेवास्ता हुँदै आएकै कारण बर्षेनी सिन्धुपाल्चोकले विपत पीडा भोग्न बाध्य छ ।

प्रतिक्रिया दिनुहोस्