लक्ष्मी बैंकको युरो कप योजना «

लक्ष्मी बैंकको युरो कप योजना

युरो कप २०२१ आएसँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणमा पनि यसको उमङ्ग छाएको देख्न सकिन्छ । सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘गोल प्रेडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ ।

यो क्याम्पेन युरो कप २०२१ को थालनीसँगै सुरु भएको हो । यो अभियानको अन्त्यमा अर्थात जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ भाग्यशाली विजेताहरुले ५० एमबिपिएसको १ वर्ष को इन्टरनेट सेवा पाउने कम्पनीले जनाएको छ ।


यो अभियानमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ । मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्ने बैंकले जानकारी दिएको छ । मोबाइल मनी को ‘फोन–पे डाइरेक्ट’ (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्स्फर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राखेर सहभागिता जनाउर्ने बताइएको छ ।
क्यम्पेनको अवधी पछि युरो कपको विजेता सही अनुमान गर्ने ग्राहकहरु मध्ये लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्