मोबाइल एक्सचेञ्ज मेलामा एउटा किन्दा एउटा सित्तैमा «

मोबाइल एक्सचेञ्ज मेलामा एउटा किन्दा एउटा सित्तैमा

सिटीसिमल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला अब एक दिनमात्र सञ्चालन हुनेछ । एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफरसमेत रहेको मेला आज (मंगलबार) क्रिसमसको दिनसम्म चल्ने आयोजकले जनाएको छ । यसका साथै त्रिसमस डेलाई लक्षित गरेर मोबाइल हबले एउटा मोबाइल किन्दा अनिवार्य रूपमा एउटा गिफ्ट पनि उपलब्ध गराउने भन्दै मोबाइल मेलामा ग्याजेट पारखीहरूले आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याकलगायतका सामग्री किस्ताबन्दीमा किन्न पाउने पनि जनाएको छ ।
९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायतका सामान किन्न सकिन्छ । “मेलामा जस्तोसुकै पुरानो मोबाइलको पनि उचितमूल्य पाउनुका साथै सट्टापट्टा पनि गर्न सकिन्छ ।” सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्