काठमाडौंको तारकेश्वरमा प्राइम कमर्सियल बैंकको शाखा «

काठमाडौंको तारकेश्वरमा प्राइम कमर्सियल बैंकको शाखा

प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकामा सोमबार शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको बैंकले जनाएको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरुको उपस्थितिमा सोमबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्