वर्षाले कालिगण्डकी नदीकोे बहाव उच्च «

वर्षाले कालिगण्डकी नदीकोे बहाव उच्च

माथिल्लो भेगमा भएको अविरल वर्षासँंगै म्याग्दीको सदरमुकाम बेनीनजिक भएर बग्ने कालिगण्डकी र म्याग्दी नदीको बहाव उच्च भएको छ । दुईदिनदेखि निरन्तर भएको मनसुनले खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाव बढेको हो ।


लेकमा वर्षा हुँदा कालिगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाव पनि उच्च भएको छ । जसले गर्दा कालिगण्डकी उर्लिएको छ । नदीको किनारमा रहेका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीले आग्रह गरेको छ ।


वर्षासंँगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दी सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिका बजारनजिकका घर कटानको जोखिममा परेका छन् । जिल्ला बाढी पहिरोको जोखिममा एक हजार घरधुरी छन् ।


वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक खन्नु र जोखिमको मूल्याकंन नगर्दा ग्रामीण भेग जनताका बस्ती असुरक्षित र जनधनको ठूलो क्षति वर्षात्को समयमा भोग्दै आएको छ । लगातारको वर्षाका कारण जिल्लाका मुख्य सडकसँंगै शाखा सडक बाढी पहिरोले अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्