नेपाल क्लियरिङ हाउस स्थापनाको १० औं वार्षिक उत्सव «

नेपाल क्लियरिङ हाउस स्थापनाको १० औं वार्षिक उत्सव

नेपाल क्लियरिङ हाउसले आइतबार कम्पनीको स्थापनाको १० औं वार्षिक उत्सव सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित यस कम्पनीले विभिन्न राष्ट्रियस्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको भन्दै नेपाल क्लियरिङ हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीका लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाइनमार्फत विद्युतीय भुक्तानी गर्ने प्रणाली लागू गरी सञ्चालन गर्दै आएको पनि जनाएको छ ।
स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले कार्यालयका कर्मचारीलगायत अन्य सर्वसाधारणलाई रक्तदानको महत्व बारेमा जनचेतना फैलाउने गरी ललितपुरको मंगलबजार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको पनि जनाएको छ । उक्त कार्यक्रम नेपाल क्लियरिङ हाउस र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्