मुगुमा १० दिनका लागि थपियो निषेधाज्ञा «

मुगुमा १० दिनका लागि थपियो निषेधाज्ञा

हिमाली जिल्ला मुगुमा पछिल्लो समयमा विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसले व्यापक रूपमा बढिरहेको समयमा स्थानीय प्रशासनले निषेधाज्ञा पनि एक साताका लागि बढाएको छ ।


कोभिड¬–१९ कोरोना भाइरसको दोस्रो चरणको नयाँ भेरियन्ट नामक भाइरस नेपालका बिभिन्न जिल्लालगायत मुगु जिल्लाका दूरदराजमा रहेका बस्ती बस्तीहरूमा ब्यापक रूपमा फैलिरहेको हुँदा स्थानीय जिल्ला प्रशासन कार्यालय मुगुले २०७८ साल वैशाख २२ गते राति १२ बजेबाट नेपाल सरकारले तोकेका जनस्वास्थ्य मापदण्ड कडाइका साथ अपनाइ पालना गर्न हिसावले एक/एक हप्ताको निषेधाज्ञाको पालना गर्नुपर्छ ।


कोरोनाबाट आफू बच्ने र अरूलाई बचाउने गरी जिल्ला कोभिड व्यवस्थापन समिति मुगुले २०७८ साल जेठ ३१ गते बसेको बैठकले थप असार १० गते राति १२ बजे सम्मका लागि मुगु जिल्लाको सदरमुकाम गमगढी बजार र चारवटा स्थानीय तहहरूमा समेत लागू हुने गरी निषेधाज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले जानकारी गराएका छन् ।


प्रजिअ शिवाकोटीको अनुसार मुगु जिल्लाका कोभिड–१९ बाट बच्न र बचाउनका लागि गरिएको निषेधाज्ञा गरीए पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरू घट्नुका साटो बढिरहेको हुँदा पुनः दश दिनका लागि निषेधाज्ञा थपिएको साथै अति आवश्यक खाद्यान्न पसलहरू बिहान ६ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञाको थप गरिएको निषेधाज्ञा अपमान गर्ने जोसुकैलाई कानुनी कारबाहीसमेत गरिने बताएका छन् ।


पछिल्लो समयमा मुगु जिल्लामा २ हजार ६ सय ८१ जनालाई एन्टिजन किट परीक्षण गर्दा ५ सय ५३ जना संक्रमित देखिएको जिल्ला अस्पतालमा ५ जनाको उपचार भइरहेको स्वास्थ्य केन्द्र रातापानिमा १४ जनाको उपचार भैरहेको, होम आइसोलेसनमा २ सय ८१ जना रहेको आजसम्म कोरोना भाइरसबाट जितेर घर जानेको संख्या २ सय ९१ जना छन् भने मृत्यु हुनेको संख्या जसमध्य जिल्ला अस्पतालमा २ जना र १ जना मुगुमका मोरङमा गरी ३ जना पुगेको स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पशुराम नेपालीले बताएका छन् ।


यता मुगमका मोरङ गाउँपालिकामा पतिल्लो समयमा कोरोनाको संक्रमितहरूको संख्या अन्य पालिका भन्दा ब्यापक फेला परेका छन पालीकामा ३सय ७६ जनामा एन्टिजेन परीक्षण गर्दा १ सय ४६ जना पोजेटीभ भेटिएका छन् भने एक जना पुरुसको मृत्यू भएको छ भने मुगमकमारोङ गाँउपालिकामा कोरोना रोगका लक्षणसँग मिल्दोजुल्दो लक्ष्णका बिरामीहरूको संख्या बढिरहेको स्वास्थ्यकर्मी बलीराज बुढाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्