मिडियाको अवस्थाबारे सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न «

मिडियाको अवस्थाबारे सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

कोरोना (कोभिड–१९) को महामारीमा पत्रकारको अवस्था र आचारसंहिता पालनाको सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार सुदूरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक एवं सदस्य हरिप्रसाद जोशीले प्रदेशभरका पत्रकारको अवस्था, पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिन कार्यक्रम राखिएको बताए । उनले महामारीमा बन्द भएका पत्रिका वर्गीकरणमा छुट दिनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनको लागि पहल गरिने बताए । वरिष्ठ पत्रकार जोशीले भ्रमपूर्ण सामग्री दिने मिडियालाई कारबाही हुने भन्दै निष्पक्ष भएर पत्रकारिता गर्न सुझाव दिए ।

पत्रकारहरूले स्वास्थ्य जोखिममा राखेर फिल्डमा खटिने पत्रकारको सुरक्षाका लागि कोरोना खोप दिनुपर्ने, पत्रकारलाइ आर्थिक सहयोग गर्नुपर्ने, काउन्सिलले प्रदान गर्ने राहात बढाउनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापनको लागि पहल गर्नुपर्नेलगायतका विषय उठाएका थिए ।

कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि काउन्सिल पत्रकारको साथमै रहने बताउनुभयो । उनले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गरिने जानकारी दिए । पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने भन्दै अध्यक्ष बस्नेतले लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाको लागि सम्बन्धित निकायलाई घच्चघचाउने बताए ।

कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र्र भुसाल, महासङ्घ प्रदेश महासचिव रामसिंह ठगुन्ना, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशी, कञ्चनपुर अध्यक्ष माधवसिंह धामि लगायत ३५ जना पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्